+
+
Shares

कसरी एउटै, छुल्ठिम र मालाको पहिरन ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १२ गते ९:३०


वुधबार आयोजना भएको चलचित्र ‘पर्व’को प्रिमियरमा नायिका माला लिम्बु निकै राम्री भएर पुगिन् । छातीमा बढी नै खुलेको लामो पहिरनमा माला निकै आकर्षक देखिएकी थिइन् । मालाको सुन्दरतामा पहिरनले झनै चमकता बढायो । माला पनि मयूर झै नाँच्दै तस्बिर खिचाइरहेकी थिइन् । मालाको पहिरनको चर्चा कार्यक्रममा व्यापक भयो ।

तर, बिहिबार जब अर्की नायिका छुल्ठिम गुरुङले फेसबुकमा एउटा तस्बिर पोष्ट गरिन्, त्यसपछि धेरैको ध्यान तानियो । कारण, छुल्ठिमले पोष्ट गरेको तस्बिरमा उनले लगाएको पहिरन र मालाले लगाएको पहिरन एउटै थियो ।

दुई नायिकाले आखिर एउटै पहिरन कसरी लगाउन सक्छन् ? हामीले यो बिषयमा छुल्ठिमलाई सोध्दा उनले जवाफ दिइन्-‘मैले यो पहिरन एक साता अगाडि फोटोसुटका क्रममा लगाएकी हुँ । मलाई फोटसुटका लागि आयोजकले नै सो पहिरन उपलब्ध गराएको हो ।’

छुल्ठिमको कुरा सुन्दा के वुझ्न सकिन्छ भने, मालाले जुन स्थानबाट परिहन लिएर आएकी थिइन्, छुल्ठिमका लागि उपलब्ध गराइएको पहिरन निर्माण गर्ने बुटिक एउटै हो ।

नायिकाहरु एउटा कार्यक्रममा लगाएको पहिरन त अर्को स्थानमा लगाउन चादैनन् । तर, पहिरन नै एउटै डिजाइनको भयो भने त पक्कै कुनै न कुनै नायिकालाई खल्लो महशुश हुन्छ नै । एउटै पहिरनमा छुल्ठिम र मालामध्ये को आकर्षक देखियो होला ? छुट्याउने जिम्मा पाठकलाई नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?